Kathmandu Press

कैलालीमा छोराको हत्यापछि बाबुले गरे आत्मसमर्पण

धनगढी उपमहानगरपालिका–६ का ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान आफ्ना २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका हुन्।
कैलालीमा छोराको हत्यापछि बाबुले गरे आत्मसमर्पण

धनगढी, वैशाख १६ : कैलालीको धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेको स्विकारेका छन्।

धनगढी उपमहानगरपालिका–६ का ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान आफ्ना २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका हुन्।

श्याम चौधरीले अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा लगी इँटा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ। तर उनको हत्या गर्नुको कारण भने खुलिनसकेको बताइएको छ।

घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्