Kathmandu Press

ग्रामी अवार्डमा पति निक जोनससँगै प्रियंकाको बोल्ड अवतार

काठमाडौं, माघ १४ : ६२औं ग्रामी अवार्डमा अभिनेत्री प्रियंका चोपडा पति निक जोनससँगै ‘बोल्ड गेटअप’मा देखिइन।

अमेरिकामा भएको अवार्ड ....

ग्रामी अवार्डमा पति निक जोनससँगै प्रियंकाको बोल्ड अवतार

काठमाडौं, माघ १४ : ६२औं ग्रामी अवार्डमा अभिनेत्री प्रियंका चोपडा पति निक जोनससँगै ‘बोल्ड गेटअप’मा देखिइन।

अमेरिकामा भएको अवार्ड समारोहको रेड कार्पेटमा अभिनेत्री प्रियंका निकै सुन्दर देखिएकी थिइन्।

कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई श्रद्धाञ्जली दिइन्। उनले आफ्नो नङमा कोबीको जर्सी नम्बर २४ लेखेकी थिइन्।

अवार्ड समारोहमा जोनस दाजुभाइसँगै उनले प्रस्तुति पनि दिएकी थिइन्।

समारोहमा अमेरिकन पप सिंगर विली एलिसले पाँच वटा अवार्ड जिते। विली यो वर्ष अवार्ड जित्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन्। उनी १८ वर्षका भए।

यस्तै, गायिका लेडी गायाले दुई वटा अवार्ड जित्दै आफ्नो करिअरमा ११ वटा ग्रामी अवार्ड पुर्‍याएकी छन्।

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्