अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।
काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।
मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिए।
कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आए लगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराएका थिए ।
प्रकाशित मिति: ११:१० बजे, शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)