कपन हत्या प्रकरणको छानविन गर्न एआइजीको नेतृत्वमा समिति गठन
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ।
काठमाडौं, वैशाख १५ : काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते भएकाे निरा पाण्डे आचार्य हत्या प्रकरणको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)को नेतृत्वमा समिति गठन भएको छ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ।
एक साता बितिसक्दा उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानविन गर्न समिति बनाइएको हो।
वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो। विभिन्न कोणबाट अनुसन्धान गरिए पनि प्रहरीले तथ्य पत्ता लगाउन नसक्दा विरोधसमेत भइरहेको छ।











-1784808429.png)