लुम्बिनीका मुख्यमन्त्रीले वैशाख १८ गते विश्वासको मत लिने
शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १८ गते विश्वासको मत लिने निर्णय गरेको सोमवार विश्वासको मत लिने निर्णय गरेको हो।
दाङ, वैशाख १५ : लुम्बिनी प्रदेका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले वैशाख १८ गते विश्वासको मत लिने भएका छन्। कांग्रेस नेता चौधरी बिहीबारमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १८ गते विश्वासको मत लिने निर्णय गरेको सोमवार विश्वासको मत लिने निर्णय गरेको हो। शुक्रबार तीनमन्त्रीसहित मुख्यमन्त्री चौधरीले पद तथा गोपनियताको शपथ लिएका थिए।
मन्त्रिपरिषद्को पहिलो बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको मन्त्री पाण्डेले बताए । उनले स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय पनि गरेको बताए।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।











-1784808429.png)