प्रधानमन्त्रीलाई एमालेको प्रश्न– पूर्वप्रधामन्त्रीमाथि आक्रमण भइरहँदा सरकार किन मुकदर्शक ?
रिमालले एमालेलाई कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उल्लेख गरे। उनले सरकारमा बसेका दलका कार्यकर्तामा त्यसमा संलग्न भएको बताए।
काठमाडौं, वैशाख १५ : कोशी प्रदेशमा विभिन्न स्थानमा पूर्वप्रधामन्त्री एवं अध्यक्ष केपी अोलीमाथि आक्रमण प्रयास हुँदा पनि सरकार मुकदर्शक मात्र बनेको आरोप एमालेले लगाएको छ।
पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एमालेले सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न असफल भएको बताएको छ।
पत्रकार सम्मेलनमा उपमहासचिव विष्णु रिमालले एमालेलाई कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उल्लेख गरे। उनले सरकारमा बसेका दलका कार्यकर्तामा त्यसमा संलग्न भएको बताए।
उपमहासचिव विष्णु रिमाललेले भने, ‘हामीमा आकस्मिक रुपमा घटना हो कि भनेर ठानेका थियौं तर योजनाबद्ध रुपमा भएको देखियो । यसमा सत्तारुढ दलको कार्यकर्ता संलग्न भएको पाएका छौं।’
एमाले अध्यक्ष ओलीमाथि बारम्बार आक्रमण भइरहँदा सुरक्षा प्रशासन मुकदर्शक बनेको उनले बताए । उनले भने, ‘झापा पुग्दा उहाँहरुमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन । इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो।’
उपमहासचिव रिमाललेले पार्टी नेताहरुमाथि ढुंगामुढा गर्नेमा सत्तारुढ माओवादी केन्द्रका कार्यकर्ता नै संलग्नु हुनुले आफूहरुलाई गम्भीर बनाएको बताए।
उनले अवाञ्छित गतिविधिलाई स्वयं प्रधानमन्त्रीले संरक्षण गरेको भन्दै देशमा कसरी अस्थिरता सिर्जना गर्न रिहर्सल गरिएको बताए।











-1784808429.png)