कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्राेपटक विश्वासको मत
शर्माले माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत पाएका हुन्।
काठमाडौं, वैशाख १५ : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्राेपटक विश्वासको मत लिएका छन्। एमाले सरकारबाट बाहिरिएपछि शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले तेस्राेपटक विश्वासको मत लिएका हुन्।
शर्माले माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत पाएका हुन्। मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।
उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत परेको छ। मतदानमा सहभागी ३९ जना सांसदमध्ये शर्माले २९ मत पाए ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम शर्मले प्रदेश सभामा मुख्य मन्त्रीका लागि विश्वासको मत मागेका थिए । शर्माको विपक्षमा १० मत मात्रै परेको छ। नेकपा एमाले र राप्रपाले भने शर्मालाई विश्वासको मत दिएनन्।
यसअघि पहिलोपटक उनले माघ ६ गते त दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए।











-1784808429.png)