Kathmandu Press

ओली र नेपाल एउटै विषयगत समितिमा

ओली र नेपाल एउटै विषयगत समितिमा

काठमाडौं, वैशाख १५ : प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ। 

सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा दलहरूले गरेको सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए। उनले सदनसमक्ष राखेको प्रस्ताव गरेका नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ।

संयोग मान्नुपर्छ प्रतिनिधिसभाका १० समितिमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँगै परेका छन्।

एमालेबाट विभाजित भएर नेकपा एस गठन गरेपछि ओली र नेपालबीच चर्को द्वन्द्व छ। अहिले उनीहरु एउटै विषयगत समितिमा परेपछि बैठकमा उनीहरूको उृपस्थिति रोचक हुने आकलन गरिएको छ।

सो समितिमा अरु कोको छन्?

उदय शमशेर जबरा
एकनाथ ढकाल
केपी शर्मा ओली
गंगाराम चौधरी
छिरिङ ल्हामु लामा ९तामाङ०
दामोदर पौडेल वैरागी
देवीप्रकाश भट्टचन
धवलशमशेर जंगबहादुर राणा
नागिना यादव
नारायण खड्का
पशुपतिशमशेर जबरा
प्रकाशमान सिंह
प्रभु साह
प्रेम सुवाल
वर्षमान पुन
भीमप्रसाद आचार्य
महन्थ ठाकुर
माधवकुमार नेपाल
मोहन आचार्य
राजकिशोर यादव
विमलेन्द्र निधि
शिशिर खनाल
शेखर कोइराला
सम्झना थपलिया
सुनिता बराल
संगीता मण्डल धानुक
हरिप्रसाद उप्रेती

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्