काेइरीकाे विषयले सदनमा हंगामा, आधा घन्टा बैठक स्थगति
सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित रहेको र स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएको बताएपछि सत्तारूढ दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले हंगामा मच्चाएका छन्।
काठमाडौं, वैशाख १५ : एमाले सांसद लक्ष्मी महतो कोइरी बिरामी भएर संसद बैठकमा उपपस्थिति हुन नसकेको भनी सभामुख देवराज घिमिरेले जानकारी गराएपछि संसदमा खैलाबैला मच्चिएको छ।
सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित रहेको र स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएको बताएपछि सत्तारूढ दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले हंगामा मच्चाएका छन्।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कोइरीको अनुपस्थितिलाई अनुमोदन गर्न नसकिने बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोइरी फरार रहेको र फेला पर्दा जेल जाने अवस्था रहेको र यो तथ्य भएको बताए। फरार सांसदले स्वास्थ्य उपचारमा रहेको भनी सदनमा प्रस्ताव आउनु जगहसाइ भएको बताए।
सांसदहरुले ‘फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गए भनेर’ मासिनहरुले भन्छन् भनी लेखकले कोइरी बिरामी रहेको स्विकार्न नसकिने बताए। सरकारले खोज्दै गरेको सांसदलाई बिरामी प्रमाणित गरेर उन्मुक्ति दिन नसकिने उनको भनाइ थियो।
रास्वपाका सभापित रवि लामिछानेले पनि कोइरी फरार अभियुक्त भएको बताए। सांसदहरूले उठेर विरोध जनाउन थालेपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

-1784808429.png)