Kathmandu Press

प्रतिनिधिसभाका १० विषयगत समिति गठन

सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा दलहरूले गरेको सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए। उनले सदनसमक्ष राखेको प्रस्ताव गरेका नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ।
प्रतिनिधिसभाका १० विषयगत समिति गठन

काठमाडौं, वैशाख १५ : प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ। 

सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा दलहरूले गरेको सिफारिसका आधारमा समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए। उनले सदनसमक्ष राखेको प्रस्ताव गरेका नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ।

प्रतिनिधिसभामा पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको हो। गत मंसिर गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते शुरु भएको थियो। यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि सोहीबमोजिम संसदीय विषगत समिति गठन भएको हो।

प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन्। नियमावली अनुसार प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ।

संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन्। संयुक्त समिति भने अझै गठन भएको छन्।

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्