Kathmandu Press

‘अयोग्य लडाकुलाई रकम दिने व्यवस्था विष्णु पौडेल अर्थमन्त्री हुँदै ल्याइएको हाे’

शुक्रबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले २०७३/७४ मा तत्कालीन अर्थमन्त्री साे व्यवस्था ल्याउँदा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको जिकिर गरे।
‘अयोग्य लडाकुलाई रकम दिने व्यवस्था विष्णु पौडेल अर्थमन्त्री हुँदै ल्याइएको हाे’

काठमाडौं, वैशाख १५ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले अनमिनले अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने व्यवस्था एमालेका विष्णु पौडेल अर्थमन्त्री हुँदा ल्याएको बजेटमा गरिएको स्पष्ट पारेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले २०७३/७४ मा तत्कालीन अर्थमन्त्री साे व्यवस्था ल्याउँदा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको जिकिर गरे।

'माननीय विष्णु पौडेलकै नेतत्वमा ल्याइएको बजेट वक्तव्य र अदालतको आदेशअनुसार अहिले सरकारले खाली कार्यविधि मात्र विकास गर्न खोजेको हो,’ उनले भने, 'हावाको भरमा अरुलाई दोषारोपण नगर्न र सदनलाई भ्रमित नबनाउन आग्रह गर्दछु।'

सांसद सापकोटाले यो व्यवस्था लडाकूहरुले लडेर ल्याएको बताउँदै व्यवस्था परिर्वतनका लागि बलिदान गर्न तयार भएकालाई २ लाख पैसाका लागि अपमान गर्न नमिल्ने संकेत उनले गरे।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्