संकटका बेला संसद छलेर लडाकुलाई रकम निर्णय गर्नु आपत्ति जनक छ : सांसद पौडेल
उनले भने, ‘त्यसकारण म सभामुखमार्फत सरकारलाई भन्न चाहन्छु, यो विषयमा के भएको हो? यथार्थ जानकारी सदनलाई गराइयोस्।’
काठमाडौं, वैशाख १५ : कांग्रेस सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २-२ लाखका दरले राहत दिने सरकारको निर्णय आपत्तिजनक रहेकाे बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकटका बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे ।
‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा बाहिरिएको छ। यस्तो आर्थिक संकटका बेला अपारदर्शी ढंगले संसदलाई छलेर यस्ताे निर्णय गर्नु स्वाभाविक होइन,’ उनले भने, ‘त्यसकारण म सभामुखमार्फत सरकारलाई भन्न चाहन्छु, यो विषयमा के भएको हो? यथार्थ जानकारी सदनलाई गराइयोस्।’
सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्नेमा पनि जाेड दिए।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)