संसदमा विष्णु पाैडेलकाे गर्जन : ओलीमाथि आक्रमण सरकारकै उक्साहटमा भएको हाे
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘सरकार यो आक्रमणप्रति किन मौन समर्थक बनिरहेको छ? आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना आएको छ।’
काठमाडौं, वैशाख १५ : एमाले सांसद विष्णु पौडेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणप्रति सरकार मौन समर्थक बनेको आरोप लगाएका छन्। सरकारले नै आक्रमणका लागि उनीहरूलाई उक्साएको आरोप उनले लगाए।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘सरकार यो आक्रमणप्रति किन मौन समर्थक बनिरहेको छ? आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना आएको छ।’
वैशाख १३ गते झापामा पार्टीका कार्यकतामाथि भेटघाटको क्रममा ओलीमाथि सांघातिक आक्रमण भएको बताए। इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको उनले बताए।
ओली सहभागी हुने पाँचथर र तेह्रथुममको कार्यक्रम बिथोल्ने जना बनिरहेको पनि उनले बताए। यस्तो अवस्थामा पनि सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको भन्दै उनले त्यसप्रति घोर भर्त्सना गरेका छन्। ‘सरकारले गर्न खोजेको के हो? संविधान प्रदत्त अधिकार खोस्न खोजेको हो?’ उनले भने।
यसबारे संसदमा प्रश्न उठेको, गृहमन्त्रीले जवाफ दिएको तर आक्रमणका प्रयासहरु नरोकिएकोप्रति उनले आपत्ति जनाए। ‘यो अपराध कर्ममा संलग्नलाई कडा कारबाही गरियोस्,’ उनले भने, ‘सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन? प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ।’











-1784808429.png)