Kathmandu Press

मतदाताको स्नेह र भरोसालाई डगमगाउन दिनेछैन : स्वर्णिम वाग्ले

उनले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तारले सर्वसधारणको दैनिकीमा असर गरेको बताए।
मतदाताको स्नेह र भरोसालाई डगमगाउन दिनेछैन : स्वर्णिम वाग्ले

काठमाडौं, वैशाख १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले मतदाताको स्नेह र भरोसालाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यही वैशाख १० गते सम्पन्न तनहुँ १ को उपनिर्वाचन जितेका वाग्लेले आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा पहिलोपटक बोल्दै मतदातालाई धन्यवाद दिँदै भने, ‘मतदाताहरूको स्नेह, विश्वास र भरोसा डगमगाउन दिनेछैन।'  

उनले शुक्रबार मात्रै पद तथा गोपनीयताको शपथ लिएका हुन्। सोही क्रममा उनले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तारले सर्वसधारणको दैनिकीमा असर गरेको बताए। उनले सडक विस्तार आवश्यकता औंल्याएँदै घाँसी कुवालगायत संरचनाको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्