रामहरि खतिवडाकाे प्रश्न- अयोग्यले दुई लाख पाउने हो भने योग्यले कति पाउने?
शुक्रबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले देशको अर्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्नेमा जाेड दिए।
काठमाडौं, वैशाख १५ : सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले अनमिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका छन्।
शुक्रबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले देशको अर्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्नेमा जाेड दिए।
उनले अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने भनेर सरकारलाई प्रश्न गरे।
‘सबै देशका नागरिक योग्य छन्। अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस्, अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’
प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)