Kathmandu Press

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्।
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडाैं, वैशााख १५ : निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकामा आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको अवगत गराएका थिए।

सो अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, आयोगका सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी थिए। निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्