प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति नबनीकन अधिवेशन आज अन्त्य हुने देखिएको छ।काठमाडौं, वैशाख १५ : प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ।
आज बसिरहेको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसद सचिवालय स्रोतले जनाएकाे छ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराएकाे छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति नबनीकन अधिवेशन आज अन्त्य हुने देखिएको छ।
प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भए पनि एमाले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने जनाइएकाे छ।
प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)