Kathmandu Press

गण्डकीमा दुई मन्त्रीले पनि लिए शपथ

बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका हुन्।
गण्डकीमा दुई मन्त्रीले पनि लिए शपथ

पाेखरा, वैशाख १५ : गण्डकी प्रदेशका नवनियुक्त दुई बिनाविभागीय मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। 

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका हुन्।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्