Kathmandu Press

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शपथ खुवाएका हुन्।
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

बुटवल, वैशाख १५ : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शपथ खुवाएका हुन्।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लीला गिरीसहित गठबन्धन दलका नेता–कार्यकर्ता सहभागी थिए।

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्