गण्डकीका मुख्य मन्त्री पाण्डेले लिए शपथ
कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका हुन्। पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
पोखरा, वैशाख १५ : गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई शपथ खुवाएका हुन्।
कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका हुन्। पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र (एकीकृत समाजवादी प्रवेश गरेका) एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीका एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन्।
नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा २ (२) बाट निर्वाचित भएका थिए।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो।











-1784808429.png)