Kathmandu Press

निरा हत्या प्रकरणमा सिआइबीको छानबिन सुरु 

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले पनि घटनाको अनुसन्धान गरिरहेका छन्।
निरा हत्या प्रकरणमा सिआइबीको छानबिन सुरु 

काठमाडौं, वैशाख १५ : कपनमा निरा पाण्डे आचार्यको हत्या रहस्यमय बन्दै गइरहेको अबस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान शुरु गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले पनि घटनाको अनुसन्धान गरिरहेका छन्।

ब्युरोले घटनाको अनुसन्धानका लागि आफ्नो टिम परिचालन गरिसकेको छ। गत वैशाख ७ गते कपन सरस्वती नगरस्थित आफ्नै भाँडा पसलको काउन्टरमा ३५ बर्षिय निरा मृत भेटिएकी थिइन्।

हत्या भएको ९ दिनसम्म पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानकाक्रममा ३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ। 

निराले सञ्चालन गरेको पसलनजिकै उनका पति योगेन्द्र आचार्यको इलेक्ट्रिक सामग्री पसल छ। प्रहरीले आचार्यसँगै आफन्तलाई पनि सोधपुछ गरेको छ। 
 
प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्