पैसा बाँड्दै हिंड्ने अभ्यास ठीक होइन : अध्यक्ष नेपाल
जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले लडाकुलाई रकम दिने विषयमा लक्षित गर्दै पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए।
जनकपुर, वैशाख १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकु वा अरु पीडितलाई रकम बाँड्ने अभ्यास ठकि नभएको बताएका छन्।
जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले लडाकुलाई रकम दिने विषयमा लक्षित गर्दै पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए।
‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन,’ उनले भने ।
अध्यक्ष नेपालले यस विषयमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताए।
उनले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए। प्रधानमन्त्रीले नयाँ रकम दिएको बताएको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको उनले जानकारी दिए । ‘मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘पहिले दिन बाँकी रकम दिइएको हो।’











-1784808429.png)