Kathmandu Press

रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र अुनपस्थित

चिनवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्।
रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र अुनपस्थित

काठमाडौं, वैशाख १५ : वैशाख १० मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तीनमध्ये दुई जनाले शपथ लिएका छन्।

चिनवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्। दुवैलाई देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरे ।

यता, बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने काठमाडौं बाहिर रहेकाले शपथ लिएनन्।

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्