सरकारले प्राथमिकता छनोट गर्न सकेन : प्रदीप पौडेल
‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ।’
काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले प्राथमिकता छनोट गर्न नसकेको बताएका छन्। उनले आर्थिक संकटका बेला अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय अपारदर्शी भएको बताए।
‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ,’ उनले भने।
संसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनले बताए। सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको बेल सरकारले जनताका आवश्यकता छुट्याउन नसकेनर असक्षमता देखाएको उनले बताए।
प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)