Kathmandu Press

उपेन्द्र, रवि र स्वर्णिमले आज सपथ लिने

सभामुख देवराज घिमिरेले शुक्रबार साढे ११ बजे उनीहरुलई पद तथा गोपनीयताको शपथ खुवाउँदै प्रतिनिधिसभाको लोगो प्रदान गर्नेछन्।
उपेन्द्र, रवि र स्वर्णिमले आज सपथ लिने

काठमाडौं, वैशाख १५ : वैशाख १०मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उपेन्द्र यादव, रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने भएका छन्।

सभामुख देवराज घिमिरेले शुक्रबार साढे ११ बजे उनीहरुलई पद तथा गोपनीयताको शपथ खुवाउँदै प्रतिनिधिसभाको लोगो प्रदान गर्नेछन्।

उपनिर्वाचनमा उपेन्द्र यादव बारा २, रवि लामिछाने चितवन २ र स्वर्णिम वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए।

गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो ।

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्