Kathmandu Press

बाजुरामा मध्यरातमा तीन पटक भूकम्पको धक्का महसुस

केन्द्रका अनुसार राति ११ः५८ मा ४.९, राति १ः३० मा ५.९ र राति १ः५१ मा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ।
बाजुरामा मध्यरातमा तीन पटक भूकम्पको धक्का महसुस

बाजुरा, वैशाख १५ : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो।

केन्द्रका अनुसार राति ११ः५८ मा ४.९, राति १ः३० मा ५.९ र राति १ः५१ मा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। ने

पालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्