Kathmandu Press

प्रा.डा. आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

एक सय १२औँ जन्मजयन्तीका अवसरमा जेठ ९ गते विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ।
प्रा.डा. आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौं, वैशाख १४ : युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’  प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ।

Hardik ivf

युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध छन्।

एक सय १२औँ जन्मजयन्तीका अवसरमा जेठ ९ गते विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा. डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्रा. डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो।

 

प्रकाशित मिति: २१:०४ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्