Kathmandu Press

‘पहिचानको राजनीति होइन, भँडुवा नीति हो’

ओलीले ढुंङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे।
‘पहिचानको राजनीति होइन, भँडुवा नीति हो’

इलाम, वैशाख १४ : एमाले अध्यक्ष केपी ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन्।
    
उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताएका छन्। एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुंङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे।

अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए। उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए। प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेता विरुद्ध नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति: २०:४८ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्