अयोग्य लडाकुलाई २ लाख दिने निर्णयकाे विरोधमा अनेरास्ववियुको प्रदर्शन
अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णयको विराेधमा अनेरास्ववियुले काठमाडौंका त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।
काठमाडाैं, वैशाख १४ : माओवादी सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। एमाले निकट अनेरास्ववियुले काठमाडौंका त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरुले माओवादीले यसअघि लडाकुका लागि लिएको रकमको हिसाब सार्वजनिक नगरेको, देशमा आर्थिक संकट बढ्दै जाँदा पनि त्यसलाई बेवास्ता गरेर आफ्ना कार्यकर्ता पोस्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले ‘कर्मचारीलाई तलब खुवाउन नसक्ने कार्यकार्तालाई २ लाख दिन सक्ने, लडाकुको नाममा गरिने भ्रष्टाचार मान्य हुँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
गत चैत ६ गते सेना समायोजनमा अयोग्य ठहरिएका लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रदान गर्न कार्यविधि बनाउने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको थियो। सोही निर्णय अनुरुप गृहले कार्याविधि तय गरेको छ।
संयुक्त राष्ट्रयसंघीय मिसन नेपालले ४ हजार ९ जना लडाकूलाई अयोग्य घोषणा गरेको थियो।











-1784808429.png)