विकासले वातावणलाई हानी गर्न हुँदैन : कामु प्रधानन्यायाधीश कार्की
नेपालमा धेरैजसो वातावरणीय नीति र कानून न्यायिक निर्णयको परिणाम हुन् भन्ने कुरामा कुनै अतिरञ्जना नभएको उल्लेख गर्दै उनले नेपालका न्यायपालिका तुलनात्मकरूपमा सरकारका प्रशासनिक निर्णयलाई निर्देशन जारी गर्ने कार्यमा बढी सक्रिय भएको बताए ।
काठमाडौं, वैशाख १४ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताएका छन्।
न्यायिक प्रतिष्ठान नेपालले आयोजना गरेको ‘वन र संरक्षित क्षेत्र र न्यायशास्त्र’ सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै उनले विकासका गतिविधिले वातावरणलाई हानि पु¥याउन नहुने बताए।
‘वातावरणसम्बन्धी कानूनलाई बढी प्रवर्द्धन गर्न खोजेको छ, कहिलेकाहीँ वातावरणीय कुरालाई मौलिक अधिकारका रूपमा मान्यता दिइएन’, उनले भने, ‘सार्वजनिक सरोकारका मुद्दामार्फत सिधै अदालतमा पुग्न मुद्दाका बारम्बार व्याख्या गरिएको छ, स्वस्थ वातावरणको अधिकार अन्य मानव अधिकारको उपभोगका लागि पूर्वशर्त हो।’
नेपालमा धेरैजसो वातावरणीय नीति र कानून न्यायिक निर्णयको परिणाम हुन् भन्ने कुरामा कुनै अतिरञ्जना नभएको उल्लेख गर्दै उनले नेपालका न्यायपालिका तुलनात्मकरूपमा सरकारका प्रशासनिक निर्णयलाई निर्देशन जारी गर्ने कार्यमा बढी सक्रिय भएको बताए ।
जलवायु परिवर्तनले पारिस्थतिक प्रणालीभित्र र बीचमा अन्तरसम्बन्ध सुनिश्चित गर्ने करिडोर सिर्जना गरी अनुकूलन र न्यूनीकरण दुवैलाई समायोजन गर्न संरक्षित क्षेत्र कानूनी ढाँचाको निर्माण गर्नुपर्ने र संरक्षित क्षेत्र प्रणालीलाई दिगो बनाउनेपर्नेमा उनले जोड दिए।
कामु प्रधानन्यायाधीश कार्कीले विकासोन्मुख देशहरूको सहयोग वातावरणीय जोखिम न्यूनीकरणका साथै अन्य विभिन्न प्राविधिक क्षेत्रमा पनि विभिन्न तहमा उपलब्ध गराउनुपर्ने र विश्वभरका सरोकारवालाले तुरुन्तै कदम चाल्न र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।











-1784808429.png)