कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्दपूर्ण रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।
काठमाडौं, वैशाख १४ : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली संघका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्दपूर्ण रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।
सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)