१११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकको मृत्यु
कोरोना संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, वैशाख १३ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन्। २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको मन्त्रालयले जनाएको छ। संस्थागत आइसोलेसनमा १८ जना, आइसियुमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयको भनाइ छ। सोही अवधिमा ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
प्रकाशित मिति: १७:२० बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)