Kathmandu Press

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितसँग माग्याे निवेदन

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले आज (बिहीबार) एक सूचना जारी गरेर अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूलाई निवेदन दिन आह्वान गरेको हुन्।
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितसँग माग्याे निवेदन

काठमाडौं, वैशाख १४ : मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरुलाई निवेदनका लागि आह्वान गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज (बिहीबार) एक सूचना जारी गरेर अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूलाई निवेदन दिन आह्वान गरेका हुन्।

सूचनाअनुसार पीडितहरूले वैशाख १७ गतेदेखि १५ दिनभित्र अर्थात् वैशाख ३१ सम्म निवेदन दिनुपर्नेछ। त्यसका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना गरिएको आयोगको भनाइ छ।

‘पीडितहरूले आफ्नो भएसम्मका सबुत प्रमाणसहित भएको व्यहोरा खुलाई अनलाइनबाट सिधा यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ,’ सूचनामा भनिएको छ।

हेर्नुहोस् सूचना

miterbyaj-pidit-1-768x8811682594885.jpg

 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्