गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले भने- सरकारकाे नेतृत्व आलोपालो हुन्छ
आज (बिहीबार) मुख्यमन्त्री नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ र नेतृत्व आलोपालो हुन्छ।
पोखरा, वैशाख १४ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने र नेतृत्व आलोपालो हुने बताएका छन्।
आज (बिहीबार) मुख्यमन्त्री नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ र नेतृत्व आलोपालो हुन्छ।
उनले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए। मन्त्रिपरिषद ७ सदस्यीयभन्दा नबढ्ने पनि पाण्डेको भनाइ थियो।
प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा सरकारको ध्यान जाने बताउँदै उनले भने, ‘पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं, कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं।’
प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)