Kathmandu Press

कांग्रेसका सुरेन्द्रराज पाण्डे बने गण्डकीको मुख्यमन्त्री

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कांग्रेसका सुरेन्द्रराज पाण्डे बने गण्डकीको मुख्यमन्त्री

पोखरा, वैशाख १४ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनले पद तथा गोपनीयताको शथि भने शुक्रबार मात्र लिने बताइएको छ।

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर नेकपा एस प्रवेश गरेको भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई  मुख्यमन्त्री नियुक्त गर्न आज (बिहीबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरिएको थियो।

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो। विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। 

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।

अहिलेको कांग्रेस, माओवादी र नेकपा एस सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र नेकपा एसका एक सदस्य छन्। 

कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो।कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछि मात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्