Kathmandu Press

शान्तिसुरक्षा कायम गर्न गृह मन्त्रालय पुगेर एमालेले सरकारकाे ध्यानाकर्षण

बिहीबार सिंहदरबारमा एमाले नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चुतौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन्।
शान्तिसुरक्षा कायम गर्न गृह मन्त्रालय पुगेर एमालेले सरकारकाे ध्यानाकर्षण

काठमाडाैं, वैशाख १४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सिंहदरबारमा एमाले नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठुलो चुनाैती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन्।

झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिए।

उनले यस्ता प्रवृतिहरुलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको बताए।

त्यस्तै काठमाडौं महानगर वडा नंवर ६ सरस्वती नगरमा नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको उनले बताए।

उनले नागरिकले सुरक्षाको महसुस गर्न नसकेकाले सरकार रहेको महशुस हुन नसकेको र सरकार असफल हुँदै गएको आरोप लगाए।

एमालेका नेताहरुको भेटमा मन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटो भन्दा छिटो दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको भट्टराईले बताए। भट्टराईले आफ्नो नेताहरुको सुरक्षाका लागि एमालेका पंक्ति लाग्नुपर्ने स्थीति आए दुर्भाग्य हुने चेतावनी दिए।

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्