गण्डकीमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेस
कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर नेकपा एस प्रवेश गरेको भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आज (बिहीबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरिएको हो।
पोखरी, वैशाख १४ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई बनाउन दाबी पेस गििरएको छ।
कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर नेकपा एस प्रवेश गरेको भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आज (बिहीबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरिएको हो।
प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए। सो समयसीमा आज ४ बजेसम्मको रहेकाले सो अगावै दाबी पेस गरिएको हो।
राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो। विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो।
सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।
अहिलेको कांग्रेस, माओवादी र नेकपा एस सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र नेकपा एसका एक सदस्य छन्।
उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो।कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछि मात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए।











-1784808429.png)