Kathmandu Press

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ

प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। 
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ

पाेखरा, वैशाख १४ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। 

उनले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल सङ्गठित हुनुपर्नेमा जोड दिए। उनले दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न नसकिने बताए। प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्मअनुसार सरकारले काम गर्नुपर्ने सुझाव दिए। एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न  प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिए। 

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिकभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा  कलम चलाउँदै आएको उल्लेख गर्नुभयो।

सो अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ देखि ०७९ बाट पाँच पत्रकारलाई प्रदान गरिएको थियो। सो पुरस्कार श्यामनाथ कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रदान गरिएको थियो। पुरस्कारको राशि जनही रु ११ हजार १११ र सम्मानपत्र रहेको छ। कार्यक्रममा प्रेस चौतारी कास्की सम्मान २०७९ पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरियो।

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्