लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरीको दाबी पेस
चौधरीले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा र नेकपा एसको समर्थनमा नेता चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
बुटवल, वैशाख १४ : आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेस नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
चौधरीले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा र नेकपा एसको समर्थनमा नेता चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार एमालेबाट मुख्यमन्त्री रहेका लीला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठ गर्न लागिएको हो।
राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा केन्द्रमा सत्ता समीकरण बदलिएपछि त्यसको प्रभावले प्रदेश सरकार समथृन फिर्ता लिने र नयाँ सरकार गठन हुने प्रक्रिया चलेको छ। लुम्बिनीमा पनि माओवादी केन्द्रसहित पाँच दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत नपाउँदा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज (बिहीबार) दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। त्यहाँ एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एसका एक/एकजना र स्वतन्त्र एक सांसद छन्।











-1784808429.png)