Kathmandu Press

मापदण्डविपरीत चलाइएको भन्दै महानगरले गर्‍यो कोतःधुकु आयल स्टोरमा सिल

निगमले मापदण्डबाहिरको पेट्रोल पम्प हटाउन साथ दिने बताएपछि महानगरपालिकाले आज (बिहीबार) कोतःधुक सिल गरिएको जनाइएको छ।
मापदण्डविपरीत चलाइएको भन्दै महानगरले गर्‍यो कोतःधुकु आयल स्टोरमा सिल

काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बालाजु–ठमेल सडकको दायाँतर्फ सञ्चालनमा रहेको पेट्रोल पम्प मापदण्ड विपरीत रहेको भन्दे सिल गरिएको हो।

उक्त पेट्रोल पम्प पाँच वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको छ। कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको भन्दै उजुरी परेपछि फागुन १० मा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे नेपाल आयल निगमलाई सोधेको थियो।

निगमले मापदण्डबाहिरको पेट्रोल पम्प हटाउन साथ दिने बताएपछि महानगरपालिकाले आज (बिहीबार) कोतःधुक सिल गरिएको जनाइएको छ।

२०७५ सालमा फ्यूल पम्पसम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना बस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय २०७६ मा गरेको थियो । ती मध्ये राजनीतिक पहुँचका आधारमा अझै पनि यथास्थानमै सञ्चालनमा रहेका १६ वटा पेट्रोल पम्पमध्ये कोतःधुकु एक हो।

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्