राष्ट्रिय सभा बैठक स्थगित
बैठक शुक्रबारसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ।
काठमाडौं, वैशाख १४ : आज दिउँसो १ बजेका बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठक शुक्रबारसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ।
अर्को बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने बताइएको छ।
आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने माननीय सदस्यको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची थियो ।
प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)