ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबु–आमा घाइते
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालको उपचार भइरहेको छ।
ताप्लेजुङ, वैशाख १४ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।
प्रहरीका अनुसार चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्।
घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको अध्यक्ष वनेमले बताए।
प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)