लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्दै, ८ दल हस्ताक्षर बुझाउँदै
दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गर्न लागेका हुन्।
रुपन्देही, वैशाख १४ : नेपाली कांग्रेसका संदीय दलका नेता डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दैछन्। उनलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका ८ दलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दैछन्।
गठबन्धनका ८ दलले प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्न दिएको समयसीमा भित्रै दाबी पेश गर्ने छन्। प्रदेश प्रमुख शेरचनले मंगलबार साँझ बहुमतको सरकार गठनका लागि आज ४ बजेसम्मको समय दिएका थिए।
गत पुस २७ मा संविधानको धारा १६८ ९२० अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गर्न लागेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी गरेको बताए।
यता, एमालेले भने बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आव्हानमा आपत्ति जनाएको छ। उसले त्यसको कानुनी उपचार खोज्ने पनि बताएको छ। विश्वासको मत नपाएपनि ठूलो दलको हैसियतले आफूले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने एमालेको दाबी छ।











-1784808429.png)