Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने  माननीय सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं, वैशाख १४ : संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने  माननीय सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्