Kathmandu Press

विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्ने उनको विश्वास थियो।
विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

नवलपरासी, वैशाख १३ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन्।

गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा निमार्ण गरिएको टेलिभिजन उत्पादन कम्पनीको उद्घाटन गर्दै मन्त्री रिजालले कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै बताए ।

नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्ने उनको विश्वास थियो। ‘विदेशी प्रविधि भित्र्याउन आवश्यकपर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौं’, मन्त्री रिजालले भने ।

गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको हो।  

कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिणपूर्व एसियाका सीइयो जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो।

 

प्रकाशित मिति: २०:४४ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्