Kathmandu Press

१३ डिआईजीको पदस्थापन, कुवेर कडायतलाई प्रवक्ताको जिम्मा

अर्जुन चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी दिइएको छ भने केदार ढकाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारी दिइएको छ।
१३ डिआईजीको पदस्थापन, कुवेर कडायतलाई प्रवक्ताको जिम्मा

काठमाडौं, वैशाख १३ : प्रहरी प्रधान कार्यालयले डिआईजीको पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना डिआईजीको पदस्थापन गरेको हो।

जसअनुसार डिआईजी कुवेर कडायतले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन्। उनले प्रहरी महानिरीक्षकको सचिवालय पनि हेर्ने छन्।

यस्तै, अर्जुन चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी दिइएको छ भने केदार ढकाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारी दिइएको छ।

अन्वेषण तथा योजना निर्देशनालयको जिम्मा विष्णुकुमार केसीले पाउँदा भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, रवीन्द्र केसीले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा पाएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मा राजेशनाथ बाँस्तोलाले पाएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेश प्रहरी कार्यालयमा जनकराज भट्टराई र काठमाडौं उपत्यका प्रहरी कार्यालयमा  लालमणि आचार्यलाई खटाइएको छ।

यस्तै, अपराध अनुसन्धान निर्देशनालयमा सुरेन्द्र मैनाली, केन्द्रीय अनुसन्धान ब्यूरोमा यज्ञविनोद पोखरेल र कार्य विभागमा विकासराज खनाललाई खटाइएको छ।

प्रकाशित मिति: १८:५९ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्