Kathmandu Press

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो

काठमाडौं, माघ १४ : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् । ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताए....

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो
Hardik ivf

काठमाडौं, माघ १४ : कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् । ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्।

चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।

प्रकाशित मिति: ०८:४५ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्