Kathmandu Press

कोरोना संक्रमणका कारण थप एकजनाको मृत्‍यु

नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ३६१ जना पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणका कारण थप एकजनाको मृत्‍यु

काठमाडौं, वैशाख १३ : कोरोना संक्रमणका कारण थप एकजनाको मृत्‍यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ८२ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पिसिआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ३६१ जना पुगेको मन्त्रालयले जनाएको छ। संस्थागत आइसोलेसनमा २९ जना, आइसियुमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयको भनाइ छ। सोही अवधिमा ६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्