वामदेव गौतमको मुद्दामा बहस नोट पेस गर्न आदेश
पक्षविपक्षका कानुनव्यवसायीले बहस नोट पेस गरेपछि अन्तिम फैसला हुने भएको छ। रिटमा अन्तिम सुनुवाईकाक्रममा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले बहस नोट मगाएको हो।
काठमाडौं, वैशाख १३ : राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुन व्यवसायीसँग बहस नोट मगाएको छ।
पक्षविपक्षका कानुनव्यवसायीले बहस नोट पेस गरेपछि अन्तिम फैसला हुने भएको छ। रिटमा अन्तिम सुनुवाईकाक्रममा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले बहस नोट मगाएको हो।
बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि गौतम राष्ट्रिय सभा सदस्य भएका थिए। गौतमको योग्यतामाथि वैधताको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्री भट्टले २०७७ असोज १२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
राष्ट्रिय सभा सदस्यका लागि उनी अयोग्य भएको दाबी रिटमा गरिएको छ । यो रिटमा अब सुनुवाई सकिएकाले कानुनव्यवसायीबाट वहश नोट आएपछि अन्तिम फैसला हुने छ।

-1784808429.png)