‘नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको छ’
बुधबार काठमाडौंमा प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए।
काठमाडाैं, वैशाख १३ : नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन्।
बुधबार काठमाडौंमा प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए।
उहाले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको धारणा राखे। उनले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखिएको र जनतामा बितृष्णा पैदा भएको उल्लेख गरे
लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पुर्याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए।
प्रकाशित मिति: १७:१२ बजे, बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)